विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तर्क्रिया

NAWALPUR TIMES

विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तर्क्रिया
photo 3

चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

खाद्यको अधिकार सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र कृषकहरु संग आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा विनयी त्रिबेणी गाउँपालिका–२ का वडाअध्यक्ष बिष्णु ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालि कृषि शाखाका मनोज चापागाईंले गाउँपालिकामा खाद्यान्न उत्पादनको अवस्था, माग र आपूर्तिको व्यवस्था, पोषणयुक्त खानेकुराको बारेमा जानकारी दिनु भएको थियो ।

वर्षेनी आउने बाढी र पहिरोले पु¥याउने क्षतिको कारण गाउँपालिकाको विभिन्न स्थानमा खाद्यन्न उत्पादन घट्न गई कृषकहरु स्वयम्लाई खाद्य संकटको समाना समेत गर्नुपर्ने अवस्था सृजना हुने गरेको उहाँले सो क्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्णु ढकालले मानिसको नैसर्गिक अधिकार रुपमा रहेको खाद्य अधिकारको प्रत्याभूति गर्न गाउँपालिका, वडाहरु गम्भीर रहेको बताउनुभयो । कृषिको आधुनिकीकरण गर्दै खाद्य संकटको आउन नदिने वातावरण तय गर्न सबै पक्ष लाग्नुपर्ने उहाँले बताउनुभयो ।

विद्यालय शिक्षामा रहेका बालबालिकाको लागि सञ्चालित दिवा खाजा कार्यक्रमले विद्यार्थीको आकर्षण संगै पोषण युक्त खानपानको व्यवस्थापनमा सहयोग पुगेको भन्दै कार्यक्रमको निरन्तरता र बजेट बृद्धिमा ध्यान पु¥याउन आवश्यक रहेको ढकालले बताउनुभयो ।

अन्र्तक्रियामा सहभागीहरुले विभिन्न समयमा आउने बाढी पहिरोले बालिमा पु¥याएको क्षतिको कारण सृजित समस्याको रुपमा खाद्य संकट बन्न सक्ने देखिएको भन्दै कृषक र विपन्न परिवारलाई खाद्यन्नको व्यवस्थापन तथा राहातको लागि सम्बन्धीत पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिनयी त्रिबेणी–२ का वडाअध्यक्ष बिष्णु ढकाल, गाउपालिका कृषी शाखाका मनोज चापागाई, इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रे, भानुदय बहुमुखी क्याम्पसका प्रमुख बालकृष्ण भुषाल, इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी कुल वहादुर शैले लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला सहजकर्ता गंगा बिश्वकर्माले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology