विनयी त्रिवेणीमा बाघको आक्रमणमा परेर ६३ वर्षीय पुरुषको मृत्यु

NAWALPUR TIMES

विनयी त्रिवेणीमा बाघको आक्रमणमा परेर ६३ वर्षीय पुरुषको मृत्यु
tiger Yu6oZD4gpo

कावासोती  । नवलपुरमा बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीनिवासी ६३ वर्षीय पुरुष जीवबहादुर थिङकाे बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी जेसि शाहले  जानकारी दिए  ।

डिएसपी शाहका अनुसार बिहान घरदेखि पाँच सय मिटर परको जंगल तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको वेला उनलाई बाघले आक्रमण गरेको हो  ।  उनीसँगै गएका छिमेकी बलराम न्यौपानेमार्फत खबर पाएपछि खोजी गर्ने क्रममा जीवबहादुर थिङ मृत अवस्थामा भेटिएको उनले बताए ।

थिङलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । वन कार्यालयका कर्मचारीसँग मिलेर घटनास्थलको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology