विनयी त्रिवेणीमा बाघको आक्रमणबाट वन हेरालु घाईते

NAWALPUR TIMES

विनयी त्रिवेणीमा बाघको आक्रमणबाट वन हेरालु घाईते

कावासोती । नवलपुरमा बाघको आक्रमणबाट एक जना वन हेरालु घाईते भएका छ्न ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ को तल्लो पिदारी मा रहेको मणिमुकुन्द सेन सामुदायिक वनमा वन रेखदेखका लागी खटिएका वनका हेरालु ४० वर्षीय योगबहादुर पल्ली बाघको आक्रमण मा परेर घाईतेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिएका छ्न ।

पाठकका अनुसार बाघको आक्रमण बाट घाईते पल्लीलाई स्थानीयले उद्धार गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पुर्‍याएका थिए । बाघको आक्रमण बाट घाईते पल्लीलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाईएको पाठकले बताए ।

वनको रेखदेख गर्ने आफ्नो दैनिक काममा वन गएका पल्लिलाई आईतबार साँझ ५ बजेको समयमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण परेका पल्लिको बायाँ खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology