विद्युत व्यवसायी संघ चितवनको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन सम्पन्न

NAWALPUR TIMES

विद्युत व्यवसायी संघ चितवनको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन सम्पन्न
received 341503667237782

सुजन अधिकारी/नारायणगढ
विद्युत व्यवसायी संघ चितवनको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन कार्यक्रम भरतपुरमा सप्पन्न भएको छ ।

नेपाल विद्युतिय महासंघका अध्यक्ष सुदर्शन पौड्याल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तेज नारायण खरेल,उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ,उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल,विद्युत व्यावसायी संघ वाग्मती प्रदेश संयोजक लेखनाथ सापकोटा,संघका सल्लाहकार ऋषि प्रसाद लामिछाने,प्रजापति सापकोटा,अशोक प्रसाद लामिछाने,महासंघका प्रथम उपाध्यक्ष रेशम प्रसाद देबकोटा,लक्ष्मी प्रसाद धिताल,प्रकाश पान्डे,कोमल पोख्रेल,शसिधर शर्मा लामिछाने लगाएत विभिन्न जिल्ला बाट आएका जिल्ला संघका अध्यक्षहरु मुक्तिनाथ आचार्य,हरिहर ज्ञावालि,सरोज कुमार रेग्मी,सन्त मान श्रेष्ठ,पुरुषोत्तम भुसाल,सन्जय कुमार श्रेष्ठ,हरि पौडेल,भिमलाल श्रेष्ठ,गोपाल अग्रवाल,खगराज अधिकारी अतिथी रहनु भएको थियो ।

२०६६ सालमा पाँच जनाबाट सुरु भएको विद्युत व्यवसायी संघमा अहिले दुई सय ५० जना भन्दा बढी सदस्य आवद्ध रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि पौड्यालले अहिलेको सरकारले बिद्धुतिय व्यावसायिक हकहितमा घोषणा गरेको छुट लगाएतका सेवा सुबिधाजन्य कर प्रणाली घोषणामा नै सीमित भएकोमा खेद प्रकट गर्दै देशभरीका विद्युतिय संघ लाई एकताको सुत्रमा बाध्न महासंघ लागिपरेको बताउनु भयो । कार्यक्रमका अर्का अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले व्यवसायीहरुलाई सीपमूलक तालिमको आवश्यक रहेको बताउँदै व्यवसायीहरुलाई महासंघसंग सहकार्य गर्नको लागि अनुरोध गर्नु भएको थियो ।

अधिवेशनले डोलराम न्याैपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । न्याैपानेको नेतृत्वमा संघले प्रथम उपाध्यक्ष नवराज सुबेदी,दोश्रो उपाध्यक्ष कृष्ण प्रसाद चालिसे,तृतीय उपाध्यक्ष कृष्ण सुबेदी,सचिब गोर्ख प्रसाद सापकोटा,कोषाध्यक्ष राजेश गौतम लगाएत १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यक्रम डोलराम न्याैपानेले सहजीकरण गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology