विद्यार्थीका जायज मागहरु तत्काल पूरा गर्न नेविसंघद्वारा मध्यविन्दु क्याम्पसको ध्यानाकर्षण

NAWALPUR TIMES

विद्यार्थीका जायज मागहरु तत्काल पूरा गर्न नेविसंघद्वारा मध्यविन्दु क्याम्पसको ध्यानाकर्षण
received 478701543477997

कावासोती । नेपाल विद्यार्थी संघ मध्यविन्दु बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थीहरुले राखेको जायज माग तत्काल पूरा गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ क्याम्पस ईकाई समितिका अध्यक्ष विक्रम कंडेल सहित नेविसंघका जिल्ला नेताहरुको टोलिले सहायक क्याम्पस प्रमुख गणेशमान गिरीलाई ज्ञापनपत्र बुझाउदै प्लस टु एकता मन्चका विद्यार्थीहरुले उठाएको जायज मागहरु तत्काल पूरा गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन ।

नेविसंघले बुझाएको ज्ञापनपत्रमा आइतबार क्याम्पस भएको आन्दोलन प्रती समर्थन जनाउदै तत्काल लकडाउनको अवधिको शुल्क फिर्ता गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छ्न । त्यस्तै ज्ञापनपत्रमा आइतबार भएको विरोध प्रदर्शनमा घाईते भएका विद्यार्थीहरुको उपचारको जिम्मा पनि क्याम्पसले लिनु पर्ने बताईएको छ ।

क्याम्पसमा आइतबार विरोध प्रदर्शनको क्रममा भएको तोडफोड प्रती दुख व्यक्त गर्दै तत्काल विद्यार्थीहरुको जायज माग पूरा गर्नु पर्ने विषयमा आफुहरुको समर्थन रहेको नेविसंघ मध्यविन्दुका नेता उत्सव खरालले बताए ।

नेविसंघ ईकाई सभापति विक्रम कंडेलको नेतृत्वमा नेविसंघ नवलपुरका उपाध्यक्ष लक्ष्मण रिजाल, जिल्ला सहसचिव विवेक न्यौपाने सहितको टोलिले सहायक क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्लस टु एकता मन्चले लकडाउन अवधिको शुल्क लिएको भन्दै आइतबार क्याम्पसमा प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रुप लिए पछि विद्यार्थीहरु द्वारा क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले क्याम्पसम तोडफोड समेत गरेको र सोही क्रममा केही विद्यार्थीहरु घाईते भएको जनाईएको छ । आइतबार भएको प्रदर्शन र विद्यार्थीहरुको मागको विषयमा यति बेला क्याम्पस दुबै पक्ष बिच छ्लफल चलेको बताईएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology