विदेशमा अलपत्र परेका ८ सय ५८ जना आज स्वदेश फर्के, स्वदेश फर्कनेको संख्या साढे ८० हजार नाघ्यो

NAWALPUR TIMES

विदेशमा अलपत्र परेका ८ सय ५८ जना आज स्वदेश फर्के, स्वदेश फर्कनेको संख्या साढे ८० हजार नाघ्यो
1598882681.return home firta farkiye

काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेकामध्ये ८५८ जना आज स्वदेश फर्केका छन्। सरकारले उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काएको हो।

 

योसँगै विदेशमा अलपत्र परी स्वदेश फर्कने नेपालीको संख्या ८० हजार ८७४ पुगेको छ। स्वदेश फर्कनेमा अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगी कोरोन महामारीका कारण रोजगार गुमाउनेहरु छन्।

 

कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज साउदी अरबको दमामबाट १७४ जना, युनाइटेड अरब ईमिरेट्सबाट ४८९ जना, चीनबाट १७ जना र ओमानबाट १७८ जना स्वदेश फर्केका छन्।

 

स्वदेश फर्केकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपम स्थापना गरेका होल्डिङ सेन्टरहरुमा लगिएको छ। होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परिक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समव्नयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको सीसीएमसीले जनाएको छ।

 

स्वदेश फर्कनेहरुमा प्रदेश नं.१ का १४ हजार ६११, प्रदेश नं.२ का १२ हजार ३, मागमती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका ९ हजार ३०, प्रदेश नं.५ का ११ हजार ६११, कर्णाली प्रदेशका १ हजार ५२५ र सुदुरपश्चिम प्रदेशका १ हजार ७४५ जना रहेका छन्।

 

फर्केका मध्ये ११ हजार २२७ जना कुन प्रदेशका हुन् छुट्टीएका छैनन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology