विङ्गर दुर्घटनामा घाईते मध्ये ७ जना डिस्चार्ज, अन्यको उपचार चल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १६ गते २०:३६
विङ्गर दुर्घटनामा घाईते मध्ये ७ जना डिस्चार्ज, अन्यको उपचार चल्दै
IMG 20231003 WA0000

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट- कावासोती खण्डमा पर्ने हर्कपुरमा विङ्गर गाडी दुर्घटना हुँदा चालक सहित १४ जना यात्रु घाईते भएका छ्न ।

नारायणघाट बाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नं को विङ्गर गाडी आफै अनियन्त्रित भएर पल्टिएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

घाइते मध्य रुपन्देही सैनामैना नगरपालिका वडा नं ६ की करुणा भुषालको चितवन मेडिकल कलेजमा उपचार भैरहेको डिएसपी पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार अन्य घाईतेहरु गाडी चालक देवचुली-७ का लिला प्रसाद न्यौपाने , तनहु दुलेगौडा गाउँपालिका-९का सलिम मिँया, रुपेन्देही शुद्धोधन गाउँपालिका-५का फरहरिया थारु, रुपेन्देही देवदह नगरपालिका-५ का विक्रम सिंह कुँवर, रुपेन्देही तिलोत्तमा नगरपालिका -१४का रोहित थारु र रिता थारु र गाडी धनी धन बहादुर सुनारीको गैंडाकोट नगर अस्पताल भेडाबारीमा उपचार भैरहेको छ ।

दुर्घटनामा सामान्य घाइते भएका ७ जना प्राथमिक उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असोज १६ गते २०:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI