विकास गुरुङ्गको नेतृत्वमा अखिल क्रान्तिकारीकाे ईकाई गठन

NAWALPUR TIMES

विकास गुरुङ्गको नेतृत्वमा अखिल क्रान्तिकारीकाे ईकाई गठन
received 275841444099607

कावासोती । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यविन्दु बहुमुखी क्याम्पस कावासाेतीमा विकास गुरूङ्गकाे नेतृत्वमा २९ सदस्सीय प्लस टु मूल ईकाई समिति निर्माण गरेकाे छ ।

उपाध्यक्षहरूमा अनि खरेल, शिशिर दाहाल, विनय रसाईली, शुशन काफ्ले, सचिवमा स्मृति कार्की, सहसचिवहरूमा प्रतिमा पाेख्रेल, अग्रिम परियार, अर्जुन भूषाल, अनुज शर्मा, काेषाध्यक्षमा सिजन भण्डारी चयन भएका छन् ।
विकास रानाभाटकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य हरि सिग्देल रहेका थिए । अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैह्रे, सचिवालय सदस्य नविन पाठक, प्लस टु कल्याण मञ्च, मध्यविन्दु बहुमुखी क्याम्पसका अध्यक्ष आयुष ढकाल, मध्यविन्दु क्याम्पसकाे मूल ईकाई कमिटिका नेता क्षितिज शर्माकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला नेता प्रविन रानाभाटले गरेका थिए ।

सर्वाेच्च अदालतकाे पछिल्लाे निर्णय पछि नेकपा (माओवादी केन्द्र ) र नेकपा एमालेले छुट्टाछुट्टै कमिटिहरू निर्माण गरिरहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology