विकासका माग लिएर नवलपुरका जनप्रतिनिधि काठमाडौँमा, राष्ट्रपति देखि योजना आयोगलाई ज्ञापनपत्र

NAWALPUR TIMES

विकासका माग लिएर नवलपुरका जनप्रतिनिधि काठमाडौँमा, राष्ट्रपति देखि योजना आयोगलाई ज्ञापनपत्र
received 904076211192362

खगेन्द्र पराजुली, काठमाडौँ । नवलपुरका जनप्रतिनिधिहरुको प्रतिनिधिमण्डलले राष्ट्र‌पतिदेखि योजना आयोगसम ज्ञापन पत्र पेश गरेको छ । जिल्ला समन्वय समिति नवलपुरको संयोजनमा जिल्लास्थित प्रदेश मन्त्री एवं सांसद, पालिका प्रमुख, पत्रकार सहितको प्रतिनिधि मण्डलले नवलपुर जिल्लाको समग्र विकासमा नीतिगत सहजीकरण र पर्याप्त अर्थ व्यवस्थापनका साथै कार्यान्वयनमा जोड दिदै ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरेका हुन् ।

संघीयतापछिको नयाँ राजनैतिक र भौगोलिक संरचना मार्फत २०७४ सालमा नवलपरासी जिल्ला विभाजन भई वनेको नयाँ जिल्ला नवलपुरको सदरमुकाम तथा एकिकृत भवन निर्माणको प्रक्रिया कार्यान्वयन नहुँदा बर्षेनी विनियोजित रकम फिर्ता हुने, सरकारी कार्यालयहरु भाडामा बस्नुपर्दा बर्षेनी करोडौं रकम ब्ययभार बढ्नु, दैनिक कामकारवाहीमा समस्या-झमेला, सेवाग्राही नागरिकलाई सास्ती जस्ता थुप्रै व्यवस्थापन र सुसासनमा परेका गम्भीर र प्रत्यक्ष परेको प्रभावमा पहलकदमी र चासो सहितको ध्यानाकर्षण गराइएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख वाबुराम विश्वकर्माले ‘वताए ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश ज्ञापन पत्रमा नमूना सदरमुकाम निर्माण कार्य, थप आवश्यक वजेट व्यवस्था, राष्ट्रपति तराई चुरे संरक्षण विकास समिति र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ऐन नियममा पुनर्विचार, समग्र नवलपुर जिल्लाको विकास गुरुयोजना निर्माण, त्रिवेणी – दुम्किवास सड़क निर्माण, बहुवर्षीय बजेट सुनिश्चितता, कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन्‌को अनुमति, धौवादी फलामखानी उत्खनन कार्य सञ्चालन, लोकाहा औद्योगिक ग्राम स्थापना, कावासोती – पोखरा ग्रामीण सडक निर्माण, वाल्मिकी आश्रमतर्फको बाटोको ट्रयाक प्रक्रिया फुकुवाका साथै नयाँ जिल्लाको परिचय र पहिचान बनिसकेकाले संविधानमै नवलपुरका नाममा जिल्ला सुचिकृत लगायतका बुदाहरु समेटिएको छ ।

यसैवीच, जिल्लाको टोलीले बुधवारै अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रपति चुरे – तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, राष्ट्रि‌य योजना आयोग समेतमा पुगेर नवलपुरको समग्र विकास आयोजना उपलब्धिमूलक रूपमा अगाडी वढाइदिन आग्रह सहितको ध्यानाकर्षण जनाएको हो ।

गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीको नेतृत्व जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय सरकारको केन्द्र काठमाण्डौ पुगेको टोलीमा प्रदेश सांसदद्वय रोशन वहादुर गाहा, दमयन्ती रुचाल, नवलपुरस्थित पालिका प्रमुखहरू कावासोतीका विष्णु प्रसाद भुसाल, मध्यविन्दुका भीमलाल अधिकारी, गैंडाकोटका मदनभक्त अधिकारी, विनयी त्रिवेणीका घनश्याम गिरी, जिसस नवतपुर उपप्रमुख शकुन्तला लम्साल, नेपाली काँग्रेस महासमिति सदस्य एवं संगठन विभाग नवलपुर प्रमुख कपिलदेव भुसाल सहितको प्रनिधिनिमण्डल सहभागिता रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology