वामदेवका विरुद्ध सर्वोच्चमा रिट दर्ता, पर्सि नै पेशी

NAWALPUR TIMES

वामदेवका विरुद्ध सर्वोच्चमा रिट दर्ता, पर्सि नै पेशी
thumb10 1599136526

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार पेश गरेको निवेदन सोमबार दर्ता भएको त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीले निवेदन दर्ता भएको र बुधवारका लागि पेशी तोकिएको बताए । प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित सत्तारुढ दल नेकपाका नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

उनको नियुक्तिका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस असंवैधानिक भएकाले खारेज हुनुपर्ने र राष्ट्रियसभामा चुनाव हारेकाहरूलाई लान थालिएको भन्दै कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजान गाइडलाइन जारी गरिदिन पनि निवेदनमा माग गरिएको त्रिपाठीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology