वडा कमिटीका पदाधिकारीलाई एमाले देवचुलीको सूचना प्रविधि तालिम

NAWALPUR TIMES

वडा कमिटीका पदाधिकारीलाई एमाले देवचुलीको सूचना प्रविधि तालिम
received 583530326785297

देवचुली  । नेकपा एमाले देवचुली नगरपलिका कमिटीले सूचना प्रबिधि तथा संगठन व्यवस्थापन सम्बन्धि एक दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।

तालिममा नगरपालिका कमिटी मातहत रहेका १७ वटा वडा कमिटीका पदाधिकारीहरु सहाभागी भएका थिए ।
कार्यक्रममा सूचना प्रबिधि तथा सामाजिक संजालको प्रयोग, पार्टी केन्द्रले संचालन गरेको नेकपा एमाले एपमा पार्टी सदस्यको विवरण अद्यावधिक गरि डिजिटल प्रणालीबाट पार्टी सदस्यता परिचय पत्र तयार गरि सदस्यको हातहातमा कसरी पुराउने प्रक्रिया साथै कम्युनिस्ट पार्टीका सदस्यले जानिराख्नुपर्ने आधारभुत ज्ञान लगायत विविध बिषयमा सहजीकरण गरिएको थियो ।


सो अवसरमा सहाभगीलाई कम्युनिस्ट पार्टीका सदस्यले जानिराख्नुपर्ने आधारभुत ज्ञान सम्बन्धी बिषयमा ५० नम्बर को प्रश्नावली तयार गरि परिक्षा लिईएको थियो ।

तलिममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा स्कुल बिभाग उपप्रमुख होमनाथ जैसी, जिल्ला सदस्य तथा स्कुल बिभाग सचीव खिमानन्द भुसाल र जिल्ला कमिटी सदस्य कृष्ण कंडेल लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा देवचुली सहईन्चार्ज युबराज वाग्ले, जिल्ला कमिटी सदस्य सुवास ओझा लगायतको आतिथ्यता रहेको थियो ।
तालिमा कार्यक्रम पार्टीका देवचुली नगरपालिका कमिटीका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता तथा सचीव डिलाराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology