वडाको बजेटबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक र झोला

NAWALPUR TIMES

वडाको बजेटबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक र झोला
1714737605687

कावासोती । कावासोती नगरपालिका को वडा नं ११ ले वडाको बजेटबाट वडामा रहेका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक र झोला वितरण गरेको छ ।

शुक्रबार आयोजित दुईवटा छुट्टाछुट्टै कार्यक्रममा वडामा भएका दुई वटा विद्यालय नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नारायणी प्राथमिक विद्यालयका विद्यार्थीलाई वडाको बजेटबाट विद्यालयको पोशाक र झोला वितरण गरिएको हो ।

दुवै कार्यक्रममा बोल्दै कावासोती ११ का व्डा अध्यक्ष शारदाप्रसाद अधिकारीले बालबालिकाको लागि गरिने लगानी भविष्यको लागी गरिएको लगानी भएको बताए । गत वर्ष देखि वडाका विद्यालयमा कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको कावासोति-११ ले यो शैक्षिकसत्रमा वडामा रहेका दुई वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पोशाक र झोला वितरण गरेको हो ।

अधिकांश जनजाती दलित र लक्षित वर्गका समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा वडा नं ११ ले विद्यार्थी लक्षित कार्यक्रम सन्चालन गर्दै आएको बताउदै वडा अध्यक्ष अधिकारीले आगामी वर्षका बजेटमा यातायात देखि अन्य सुविधामा जोड दिने बताएका हुन ।

कावासोती-११ मा दुईवटा सामुदायिक विद्यालय रहेका छ्न । कार्यक्रममा वडा सदस्यहरु मिरा थनेत, सीता बिक, विष्णुविर राना, हस्तबहादुर पुरी गोसाई, दुवै विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्र अहरु, शिक्षक अभिभावकको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology