वडाको बजेटबाट विद्यार्थीलाई खाजा

NAWALPUR TIMES

वडाको बजेटबाट विद्यार्थीलाई खाजा
369459741 636282255272681 8028721795042422749 n

कावासोती । नवलपुरको एउटा वडाले आफ्नो विकास बजेट घटाएर विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं ११ ले विकास बजेटलाई घटाएर विद्यार्थीका लागी दिवा खाजाको व्यवस्था गरेको हो ।

वडाले गत आ.वको माघ महिना देखि वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन सुरु गरेको वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनु भयो । चालु आर्थिक वर्ष बाट कक्षा ६ को दिवा खाजा समेत कटौती भए पछि कक्षा ६ का विद्यार्थीलाई पनि वडाकै बजेटबाट खाजा खुवाउन सुरु गरिएको विद्यालयलले जनाएको छ ।

बोटे, माझी, मुसहर र दलित समुदायका अधिकांश विद्यार्थीहरु पढन आउने भएकाले ऊनीहरुलाइ विद्यालय निरन्तर आउन उत्प्रेरित गर्नका लागि कक्षा ७ र ८का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको वडा अध्यक्ष अधिकारीले बताए । “हामीले गत वर्ष कक्षा ७ र ८ का विद्यार्थीलाई खाजा व्यवस्था गरेका थियौं, यो वर्ष कक्षा ६ लाई समेत खाजा दिन सुरु गरेकाछौ” उनले भने, “बालबालिकामा लगानी गर्नु भनेको दिगो विकास हो, खाजा बाहेक यस वर्ष विद्यार्थीलाई पोशाक र झोलाको पनि व्यवस्था गर्दैछौ ।”

माथिल्लो कक्षामा अधययन गर्ने भए पनि दैनिक रुपमा विद्यार्थीलाई अभिभावकले विद्यार्थीलाई खाजाको व्यवस्था गर्न नसक्दा विद्यार्थीको उपस्थितीमा कमि हुने गरेको भए पनि दिवा खाजाको निरन्तरता पछि विद्यालयको माथिल्लो कक्षामा अनुपस्थित हुने विद्यार्थीको संखया न्युन रहेकोले पनि खाजा कार्यक्रम प्रभावकारी हुदै गएको वडम अध्यक्ष अधिकारी बताउछन । “विकासको नाममा भौतिक विकासलाई मात्रै हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ, बालबालिका माथीको लगानी भनेको भविष्यका लागी गरिएको लगानी हो”, वडा अध्यक्ष अधिकारीले भने ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology