वडाअध्यक्ष श्रेष्ठद्धारा डब्लु डब्लु जे नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

NAWALPUR TIMES

वडाअध्यक्ष श्रेष्ठद्धारा डब्लु डब्लु जे नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
IMG 20210606 201450

कावासोती । कावासोती वडा नं ३ का वडाअध्यक्ष अमृत कुुमार श्रेष्ठले क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
आईबार अध्यक्ष श्रेष्ठले क्रियाशील पत्रकार महिला नवलपुरकी कोषध्यक्ष सृजना कंडेल (मिनाक्षीलाई ) उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
वडा अध्यक्ष श्रेष्ठले ३० वटा सेनिटाईजर, के एन ९५ मास्क ३० वटा र १ प्याकेट ग्लब्स संस्थाकी कोषाध्यक्ष कंडेललाई हस्तान्तरण गर्दै महामारीको समयमा अग्रपङक्तिमा रहेर आम नागरिकलाई प्रत्यक्ष सुुचना प्रवाह गर्न खटिएका महिला पत्रकारहको स्वास्थ्य सुरक्षामा केही पनि सहयोग मिलोस् भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरेको वडाअध्यक्ष श्रेष्ठले बताउनुुभयो ।
जिल्लामा रहेका बिभिन्न संञ्चार माध्यममा कार्यरत क्रियाशिल महिला पत्रकारहरुका लागि आगामी दिनहरुमा पनि सहयोगका लागि आफूू लागि पर्ने बताउनुुभयो । वडाअध्यक्ष श्रेष्ठ यसअघि पनि बिभिन्न सामाजिक कार्यमा सक्रिय हुुदैँ आउनुुभएको छ । क्रियाशिल महिला पत्रकार समूूह नवलपुुरकी अध्यक्ष ज्ञानुु पंगेनीले महिला पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएकोमा आभार ब्यक्त गर्दै, संकलन भएका आवश्यक स्वास्थ्य सामाग्री बितरण कार्य केही दिन भित्रै अगाडि बढाईने बताउनुुभयो । क्रियाशिल पत्रकार महिला नवलपुरले महिला पत्रकारको लागि बिपद कल्याणकारी कोष स्थापना गरेको छ । सोही कोषका निम्ति आईतबार बिनयी त्रिवेणी गाँउपालिका सर्दीका यादव पौडेलद्धारा १५ सय रुपियाँ प्रदान गर्नुुभएको छ ।
कोभिड – १९ को महामारीका बीचमा पनि निरन्तर अग्रपङतीमा रहेर काम गरिरहेका महिला पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने , अप्ठ्यारोमा परेका महिला पत्रकारलाई सहयोग गर्ने तथा अन्य समयमा समेत यस किसिमका विपद आएको खण्डमा त्यस बखत समेत विभिन्न खाले सहयोग गर्न सकियोस भन्ने उदेश्ले कोष स्थापना गरिएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology