लोकाहामा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्छौ : मन्त्री कंडेल

NAWALPUR TIMES

लोकाहामा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्छौ : मन्त्री कंडेल
Capture 3

कावासोती । गण्डकी प्रदेशका पर्यटन ,उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले नवलपुरको लोकाहामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणको लागि सरोकारवाला सबै सँग मिलेर छिटटै काम सुरु गरिने बताएका छ्न ।

बिहिबार नवलपुर आईपुगेका मन्त्री कंडेलले सरोकारवालाहरु सँगको अन्तरक्रियामा बोल्दै सामुदायिक वन, मालापोत, वन डिभिजन, साना तथा घरेलु उद्योग र स्थानीय सरकारबीच समन्वयको नभएकाले भएकाले लोकाहामा औद्योगिक क्षेत्रको कामले गति लिन नसकेको बताएका हुन । आगामी दिनमा सरोकारवाला सँगको समन्वयमा कमि हुन नदिई औद्योगिक क्षेत्र निर्माणको कामलाई सुरु गर्ने मन्त्री कंडेलको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधीहरुले औद्योगिक क्षेत्र निर्माणको विषय बजेटमा समेटिए पनि काम अगाडी नबढेको भन्दै तत्काल का अगाडी बढाउन सरकारको ध्यानार्कषण गराएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका प्रतिनिधिहरु, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, सम्बन्धित वडा र पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्लाको कावासोती नगरपालिका वडा नं १, देवचुली नगरपालिकाको वडा नं १०, १४ र १५ गरी करिब १ सय ६० विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने गरि प्रस्ताव गरिएको छ । तात्कालिन पृथ्वी सुब्बा गुरुङको सरकारले आ.व ०७६/७७ र ७७/७८ को बजेटमा लोकाहामा औद्योगिक क्षेत्र निर्माणको लागि भनेर बजेट विनियोजन गरेको भए पनि काम अगाडी बढन सकेको थिएन । त्यसै गरि लोकाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने पुर्ववर्ती सरकारको निर्णयलाई निरंतरता दिदै वर्तमान प्रदेश सरकारले पनि प्राथमिकता साथ चालू आ.व ७८/७९को बजेटमा यसलाई महत्वका साथ उल्लेख गरे पनि औद्योगिक क्षेत्रको निमार्णले गति लिन नसक्दा आम सर्वसाधरणका लागी चिन्ताको विषय बनेको छ ।

 

थप अन्तर्वार्ता

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology