लायन्स क्लव अफ नवलपुर कावासोतीद्वारा जिल्ला अस्पतालको अक्सिजन प्लान्टलाई आर्थिक सहयोग

NAWALPUR TIMES

लायन्स क्लव अफ नवलपुर कावासोतीद्वारा जिल्ला अस्पतालको अक्सिजन प्लान्टलाई आर्थिक सहयोग
received 808654750024822

कावासोती । लायन्स क्लव अफ नवलपुर कावासाेतिले मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न पच्चिस हजार रुपैया आथिर्क सहयाेग गरेकाे छ ।

जिल्ला अस्पतालमा रहेका बिरामिहरुकाे लागि हाल रहेकाे अक्सिजन प्लान्टले हाल रहेका बिरामिहरुलाई प्रयाप्त मात्रमा अक्सिजन उत्पादन नहुने भएकाेले जिल्ला विपत व्यावस्थापन समितिकाे गत जेष्ठ ३ गते बसेकाे बैठकले स्थानिय पालिका र विभिन्न संघ संस्थाहरबाट आर्थिक संकलन गर्ने निर्णय गरेकाेले सामाजिक क्षेत्रमा कार्य गर्ने संस्था लायन्स क्लव नवलपुर कावासाेतिले सदस्यहरुबाट संकलन गरि सहयाेग रकम हस्तान्तरण गरिएकाे क्लवका अध्यक्ष लायन सागर पाेखरेलले बताउनु भयाे ।

क्लवले संकलित रकम आज प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनि मार्फत मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीर बहादुर थापालाई हस्तान्तरण गरिएकाे थियाे ।
हस्तान्तरण कार्यक्रममा कावासाेति नगरपालिकाका प्रमुख चन्द कुमारि पुन , अस्पतालका कर्मचारी , नवलपुर लायन्सका पदाधिकारीहरुकाे उपस्थित रहेको थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology