लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
received 1943944769316576

गैंडाकोट, असार २४ । लायन्स क्लव अफ चितवन वाङ्मयको पद हस्तान्तरण कार्यक्रम शनिवार गैंडाकोटको द नारायणी होटलमा सम्पन्न भएकोछ ।

क्लवका वर्ष २२/२३ का अध्यक्ष लायन रामहरि श्रेष्ठले २३/२४ कि अध्यक्ष लायन लीला राना मगरलाई पद हस्तान्तरण गरेका हुन ।   लायन्स क्लब अफ इन्टरनेसनल  डिस्ट्रीक ३२५R, नेपाल क्लस्टर ५  का कलस्टर चिफ MJF लायन पुरन थापा मगर प्रमुख अतिथिको कार्यक्रममा ,रिजन १७ का रिजन चेयर प्रसन लायन गोविन्द अर्याल र जोन ३६ का जोन चेयर प्रसन ला.हरिप्रीया रिजालको विशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको  थियो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि mJF लायन  पुरन थापामगरले लायनबादमा विश्वास  राखी  लायन्स क्लव अफ वाङ्मयले गरेका कार्यको सहराना गर्दै आगामी दिनमा साहित्य सगै समाज सेवामा अझै बढी  समर्पित हुन आग्रह गरे, विशिष्ट अतिथि ला. गोविन्द अर्यालले यो क्लब एक नमुना क्लब भएकोले मानविय सेवामा पनि नमुना कै रुपमा अगाडी बढ्नु पर्ने बताउदै वाङ्मयको पहिचान लाई समाजमा स्थापित बनाउन आफू हरु समेत लागि पर्ने बताए । त्यस्तै अर्का विशिष्ट अतिथि ला. हरिप्रीया रिजालले लायन्स क्लबमा रहेर सेवा गर्न पाउदा गर्व लागेको र पद स्थापना सङै समाज सेवामा लाग्न आग्रह गरिन । झण्डै ३ दर्जन लायन साहित्यकारले भरिएको कार्यक्रममा कविता तथा गजलहरु बाचन गरिएको थियोे ।

 

 

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रामहरि शर्मा सराह,  शर्मा,ला.शुर्यमणी रेग्मी, लगाएत साहित्यकारहरु ला. होमनाथ घिमिरे ,ला.लोकनाथ खरेल ,ला.राजेन्द्र घायल,ला.पुष्प अधिकारी अञ्जली ,ला.बिदुर अधिकारी, ला.षडान्न्द जैसी ला.हिरामणी शर्मा लगायतले रचना वाचन गर्नुभएको थियो। क्लबका सल्लाहकार कर्णेल धनबहादुर मास्की रानाले उत्कृष्ट कार्यकालको शुभकामना दिएका थिए । २०२२/२३का अध्यक्ष  ला. रामहरी श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रम २०२३/०२४का अध्यक्ष ला. लीला रानाले समापन गरेकी थिइन ।  कार्यक्रममा प्रथम उपाध्यक्ष सुजन अधिकारीको स्वागत मन्तव्य रहेको पद हस्तान्तरण कार्यक्रमको सहजीकरण सचीव राजेन्द्र पौडेलले गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology