लायन्स क्लब अफ नारायणगढ मिड टाउनद्वारा रामजानकी बालिका आश्रममा खाद्यान्न सहयोग

NAWALPUR TIMES

लायन्स क्लब अफ नारायणगढ मिड टाउनद्वारा रामजानकी बालिका आश्रममा खाद्यान्न सहयोग
received 727994278146991

अजय पौडेल -लायन्स क्लब अफ नारायणगढ मिड टाउनले देवघाटमा रहेको रामजानकी बालिका आश्रममा खाध्यबस्तु सहयोग गरेको छ। आश्रममा रहेका ३२ जना बालिकाहरुको लागि खाध्यबस्तु सहयोग गरेको कार्यक्रम संयोजक तथा क्लबका दृत्तिय उपाध्यक्ष गोबिन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

क्लबले समाजिक उत्तरदायित्व सम्झेर आश्रममा आश्रय लिएका बालिकाहरुको लागि खाध्यान्न सहयोग गरेको पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष शिव प्रसाद पन्डितले लायन्स क्लबले यस अगाडि पनि थुप्रै सामाजिक कार्य गरेको बताउदै आगामी दिनहरूमा पनि सामाजिक कार्य गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा आश्रमका सचीव रामेश्वर खनालले लायन्स क्लबले गरेको कार्यले आफुहरुलाइ सहयोग मिलेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा आश्रमका बालिकाहरुले स्वस्ति वाचन गरेर लायन्सकर्मिहरुलाइ स्वागत गरेका थिए ।

क्लबका संस्थापक अध्यक्ष शिव प्रसाद पन्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिपक पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा क्लबका पदाधिकारी तथा लायन्कर्मी साथै आश्रमका बालिकाहरुको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology