लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय जाँदै

NAWALPUR TIMES

लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय जाँदै
Deputy Prime Minister and Home Minister Rabi Lamichhane

कावासोती  । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका लामिछानेले आज नागरिकता पुनः प्राप्तीको प्रक्रिया थाल्ने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनेछन् ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नु भनी समन्वय गरेको छ । सम्भवतः लामिछानेले केही घण्टामै नागरिकता पाउन सक्ने गृह प्रशासन स्रोतले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनः प्राप्तीको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् । लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा उपनिर्वाचन हुने भएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology