लाङ्घाली एकता समाजको सातौं साधारण सभा सम्पन्न 

NAWALPUR TIMES

लाङ्घाली एकता समाजको सातौं साधारण सभा सम्पन्न 
Screenshot 20231202 185838 Messenger

शारदा झेडी मगर
मंसिर १६
नेपाल लाङ्घाली एकता समाज कावासोेतीको सातौ साधारण सभा कावासोती नगरपालिका ८ स्थित आफ्नै हलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष रामबहादुर रानामगरको अध्यक्षतामा सप्पन्न कार्यक्रममा वार्ड नम्बर ८ का वार्डअध्यक्ष भिम बहादुर रिमाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा आफ्ना भनाइ हरु राख्दै प्रमुख अतिथी रिमालले लाङ्घाली एकता समाजले सधैं बिकृती बिसङ्गतीका बिरुद्ध लड्नु पर्ने बताउनुभयो ।

 

समाजलाई आफुुले नजिकबाट नियालेको र आफुुले वडाबाट सक्दोे सहयोग गर्ने प्रतिबद्धता गर्दै आर्थिक श्रोेत जुुटाउनका लागी बिभिन्न सिपमुलक कार्यहरु सिक्न आग्रह समेत गर्नुभयो । यसै गरि कार्यक्रममा रेडियो मध्यबिन्दु एफ एमका स्टेसन म्यानेजर समेत रहनुभएका समाजसेवी एवं लाड.्घाली एकता समाजका सदस्य प्रेमबहादुर राना, समाजसेवि तथा दानबिर ओमबहादुर राना, दानबिर द्वय समाजसेबी लेखनाथ तिवारी र योगप्रसाद शर्मा ढकाल लगायतका ब्याक्तित्व हरुलाई दोसल्लासहित, सम्मानपत्र र मायाको चिनोले सम्मानित गरिएको थियो ।

 

लाङ्घाली एकता समाजलाई समाजसेवी प्रेमबहादुुर रानाद्धारा रु १ लाख ८४ हजार रुपैया,समाजसेवी ओमबहादुर रानाद्धारा पटक पटक गरी रु ७९ हजार ६ सय ६० रुपैया ,समाजसेवी भारतिय भुपु सैनिक कल्याणकारी संस्थाका अध्यक्ष लेखनाथ तिवारी द्धारा रु ११ हजार ११ सय ११ रुपैया र योगप्रसाद शर्माद्धारा १० हजार ५ रुपैया आर्थिक रुपमा सहयोग गर्नुभएकोले उहाहरुलाई सम्मानित गरिएको समाजका सचिव याम बहादुर थापाले जानकारी दिनुभयो ।

 

कार्यक्रममा क्रमशः समाजका बरिस्ठ सल्लाहकार धन बहादुर मास्की राना, सस्थाका सस्थापक उपाध्यक्ष छबिलाल राना, समाजसेवी एव लेखनाथ तिवारी समाजसेबि योग प्रसाद शर्मा, समाजसेवी प्रेमबहादुर राना, नुतन राना मगर लगायतका अतिथि रहनु भएको थियो ।कार्यक्रममा अध्यक्ष रामबहादुर रानाले समाजको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषअध्यक्ष ईन्द्र बहादुर रानाले सस्थाको आय ब्याय प्रस्तुत भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology