लसुनको अत्यधिक सेवनले निम्त्याउँछ यस्ता समस्या

NAWALPUR TIMES

लसुनको अत्यधिक सेवनले निम्त्याउँछ यस्ता समस्या
Garlic2 Mq8m5TTVqe

 

लसुनले स्वाद बढाउने काम गर्छ । लसुनको सेवनले स्वास्थ्यमा धेरै फाइदा पनि गर्छ । लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ । तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ ।

स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र होइन बेफाइदा पनि धेरै छन् । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ ।

यदि लसुनको उपयोग सीमित मात्रामा गरियो भने यो लाभदायक हुन्छ । तर, अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ ।

अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ । त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ ।

यदि अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या आउँछ ।

साथै, अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology