लमजुङ जिप दुर्घटना : २२ जना घाईते, ५ जना गम्भीर

NAWALPUR TIMES

लमजुङ जिप दुर्घटना : २२ जना घाईते, ५ जना गम्भीर
accident bus

कावासोती  । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।

टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology