लगातार दोस्रो जित हात पार्दै नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल नजिक

NAWALPUR TIMES

लगातार दोस्रो जित हात पार्दै नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल नजिक
nepal baharain

कावासोती । नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो । बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology