लगातारको वर्षा पछि नारायणीमा पानीको सतह बढयो

NAWALPUR TIMES

लगातारको वर्षा पछि नारायणीमा पानीको सतह बढयो
Narayani Pull 1720524952

कावासोती । लगातार भैरहेको वर्षा पछि नारायणी नदिमा पानीको सतह बढदै गएको छ ।

जल तथा मौसम विभागका अनुसार नारायणी नदिमा पानीले सतर्कता तह पार गरेको छ । देवघाटमा पानीको सतह ७.२३ मिटर मापन गरिएको छ । देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ ।
त्यसै गरि नारायणी नदिको नारायणघाटमा पानीको सतह १०.७४ मिटर पुगेको छ।

त्यसै गरि विनयी त्रिवेणी-७ मा रहेको गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ४२ हजार क्युसेक पुगेको छ ।

यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology