लगातारको वर्षा पछि जलमग्न कावासोती

NAWALPUR TIMES

लगातारको वर्षा पछि जलमग्न कावासोती
1688204632072

कावासोती ।  नवलपुरको सदरमुकाम कावासोतीमा पानीको निकास नहुँदा महेन्द्र राजमार्ग जलाम्मे भएको छ । राजमार्गदेखि उत्तरतर्फबाट आएको पानीले निकास नपाउँदा राजमार्ग डुबेको छ । राजमार्ग बाटै पानी बग्दा खोला जस्तै बनेको छ ।

शनिबार दिनभरी सभापतिचोकदेखि पश्चिमको फिलिमहल चोकसम्मको राजमार्ग जलाम्मे देखिएको छ । निर्माणधीन राजमार्गमा रहेका खाल्डापानीले भरिँदा दुई पाङ्ग्रे सवारीमा हिँडने यात्रु र चालक राजमार्गको खाल्डोमा पर्ने जोखिम उत्तिकै छ ।
.
‘कावासोती बजार डुब्लु नयाँ कुरा त हैन, हरेक वर्षायाममा यस्तै हो, कसैको चासो छैन,’ स्थानीय विष्णु पाण्डे भन्छन्, ‘ढल निकासको व्यवस्था नहुँदा पानी परेका बेला राजमार्ग नै खोलो बन्छ ।’

सभापतिचोकदेखि पूर्व महेन्द्र राजमार्गमा खाल्डोको सूचना दिन स्थानीयले राजमार्गमै ढुंगा राखेर रातो कपडा बाँधेका छन् । निर्माणाधीन राजमार्गमा ढल नबनाई एकैचोटी सम्याउन खोजेका कारण पानी राजमार्गमा बग्ने गरेको स्थानीय बताउँछन् ।तस्बिर : सामाजिक संजाल

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology