रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस बराबरीमा रोकियो

NAWALPUR TIMES

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस बराबरीमा रोकियो
1608173272.ronaldo

काठमाडौं। क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुक्दा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। युभेन्टसले इटालियन सिरी ‘ए’ मा एटलान्टासँग १-१ को बराबरी खेलेको हो।

 

जारी सिजन युभेन्टस लिगमा अपराजित रहेको छ। तर लिगको १२ खेलमा युभेन्टसको छैटौं बराबरी हो।

 

फेडरिको चिएसाको गोलबाट युभेन्टसले २९औं मिनेटमा अग्रता लिएको थियो। युभेन्टसमा चिएसाको यो पहिलो लिग गोल हो। ५७औं मिनेटमा एटलान्टाका रेमो फ्रेउलरले बराबरी गोल फर्काए।

 

६१औं मिनेटमा युभेन्टसले पेनाल्टी अवसर पाएको थियो। तर, रोनाल्डोले हानेको प्रहार एटलान्टाका गोलकिपर पिइरलुइगी जोलिनी बचाइदिएका थिए। जोलिनीले अल्भारो मोरोटाको प्रहार पनि बचाएका थिए।

 

बराबरीसँगै युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी घटाउने मौका गुमायो। १२ खेलबाट २४ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ। एटलान्टा भने १८ अंकका साथ आठौं स्थानमा छ। तथापी एटलान्टाले एक खेल कम खेलेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology