रोइरहन्छ दिलमायाको दिल

NAWALPUR TIMES

रोइरहन्छ दिलमायाको दिल
Udayapur 4 20210627003017 nDFsyRjECg

ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो।

पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो।

त्यतिबेला ४८ वर्षका थिए बालबहादुर। दिलमाया थिइन् भर्खर ३९ वर्षकी। गाउँमा श्रम गरेका उनीहरूलाई काम गरिखान गाह्रो थिएन। त्यसपछि उनीहरूका शरीर सञ्चालन भए त्यही जमिनमा पसिना बगाउन।

जसोतसो गुजारा चल्दै गयो। दाहाल परिवारले दिएको एउटा कुनाको जग्गामा झुपडी बनाएका थिए। त्यहीं खान्थे, बस्थे।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology