रेडबुलको उत्पादन अब नवलपुरमा, अर्थमन्त्री महतले गरे उद्योगको उदघाटन

NAWALPUR TIMES

रेडबुलको उत्पादन अब नवलपुरमा, अर्थमन्त्री महतले गरे उद्योगको उदघाटन
1701778337217

कावासोती । व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुलको उत्पादन सुरु गरेको छ ।

नवलपुरको गैँडाकोट -१७ अमरापुरीमा खेतान समूहले स्थापना गरेको सरस बेभरेज प्रालिले रेडबुलको उत्पादन नवलपुरमा सुरु गरेको हो ।

मंगलबार अर्थमन्त्री डा.प्रकाश शरण महतले उद्योगको उदघाटन गरेका हुन । खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी अमरापुरीबाट उत्पादन सुरु गरेको हो ।

यस अघि ४ वर्ष अगाडि नेपालमा रेडबुलको आयात बन्द गरिएको थियो । नेपालमा आयात बन्द भए पछि रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न खेतान समूहलाई उद्योग विभागले लाइसेन्स दिएको थियो ।

रेडबुलको उद्योग उदघाटन गर्दै अर्थमन्त्री महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि मात्रै उद्योग नै नेपाल आएको बताए। उनले उद्योग सन्चालन आए पछि यसले रोजगारीको अवसर पनि बढाउने बताएका हुन । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ’, उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology