रेडक्रसलाई एम्बुलेन्स प्रदान, बुबा आमाको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको सुरुवात

NAWALPUR TIMES

रेडक्रसलाई एम्बुलेन्स प्रदान, बुबा आमाको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको सुरुवात
IMG 20210806 202745

कावासोती । प्रजातन्त्र सेनानी स्व.खुसीलाल पाण्डे र उहाँकी ज्येस्ठ श्रीमत स्व. सुमित्रा पाण्डेको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको शुक्रबार उदघाटन गरिएको छ ।

खुसिलाल पाण्डे जहानिया राणा शासन देखि २०६२/६३ को दोस्रो जनआन्दोलन सम्म भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका नेता हुन । २०१८ सालमा पन्चायती ब्यवस्थाको विरुद्धमा हतियार उठाउदा जायजेथा हरण गरि पाण्डेको टाउकोको मूल्य समेत तोकिएको थियो ।

खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले उहाँहरुको स्मृतिमा फाउण्डेसनको स्थापना गरेकि हुन ।

शुक्रबार कावासोतीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले फाउण्डेसनको उदघाटन गरेका हुन ।

फाउण्डेसनको उदघाटन समारोहमा खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले आफ्नो व्यक्तिगत खर्चमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई एम्बुलेन्स समेत हस्तान्तरण गरेकी थिईन । कार्यक्रममा महामन्त्री कोइरालाले एम्बुलेन्सको साँचो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सभापति मदनभक्त अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

महामन्त्री कोईरालाले फाउण्डेसनको बिकाशमा आफुले सक्दो सहयोग गर्ने बताउदै एम्बुलेन्स सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

फाउण्डेसनको उदघाटन समारोहमा संविधान सभा सदस्य एबं नेपाली काङ्ग्रेसका नेता महेन्द्रद्वज जिसि, नेपाली काङ्ग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति मदनभक्त अधिकारी, नेकपा माओवादीका केन्द्रिय सदस्य किशन शर्मा गैरे, काङ्ग्रेस नेतृ सुमित्रा खनालले स्व.खुसीलाल पाण्डेले नेपाली प्रजातान्त्रिक आन्दोलन र समाज रुपान्तरणमा पुर्‍याउनु भएको योगदानको चर्चा गरेका थिए ।

फाउण्डेसनकी अध्यक्ष नेतृ बिष्णु देबि पाण्डेले बुबा खुसिलाल पाण्डेले देखेका अपुरा सपना पूरा गर्न फाउण्डेसनको स्थापना गरेको बताईन । फाउण्डेसनका उपाध्यक्ष पुस्प पाण्डेले स्वागत मन्तब्य राखेको कार्यक्रममा जिल्लाका राजनैतिक दलहरु लगाएत विभिन्न संघ संस्थाका प्रमुख एबं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology