रेडक्रसको शव बाहन सन्चालनमा

NAWALPUR TIMES

रेडक्रसको शव बाहन सन्चालनमा
sab Bahan 696x392 1

कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शव वाहन सञ्चालनमा ल्याएको छ ।

गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी बुधबारदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बाबुराम कँडेलले जानकारी दिए ।

६२औं नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर शव वाहन सञ्चालनमा ल्याइएको कँडेलले बताए । यो शव वाहन रेडक्रस उपशाखाले आफै साढे ७ लाख रुपैया लगानीमा खरिद गरि सञ्चालनमा ल्याइएको जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology