रुपन्देहीको घोडाहा जंगलमा भेटियो एक महिला र एक बालिकाको शव

NAWALPUR TIMES

वुटवल । रुपन्देहीको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय देवदहका अनुसार मंगलबार देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।

पूर्व–पश्चिम राजमार्ग छेउको जंगलमा एक अर्धबैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरी फालिएको हुन सक्ने अनुमान लगाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology