रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
IMG 20220325 121521 scaled

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले कावासोति शाखामा शुक्रबार  एक दिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो ।

कम्पनीले झन्डै २५ जना अभिकर्ताहरुको माझमा सो कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा कावसोती  शाखाका प्रमुख शंकर खनालले कम्पनीको विभिन्न प्रकारका पोलिसीका बारेमा बताए । साथै अभिकर्ताले पाउने सेवा सुबिधाका बारेमा पनि प्रशिक्षण गराए ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा लगातार दुई पटक    एम डी आर टी भएका रमेश किशोर लम्सालले  उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान समेत गरिएका  थिए।

लगातार दुइपटक एम डि आर टी भयका लम्साले  बीमा बजारमा छिर्नु अघि आफू कार्य गर्ने बीमा कम्पनी तथा बीमा योजनाका बारेमा राम्ररी अध्यन गरेर मात्र जान सुझाब दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology