‘रिगल’को कैद सजाय मिनाहामा सरकारसँग कारण माग

NAWALPUR TIMES

‘रिगल’को कैद सजाय मिनाहामा सरकारसँग कारण माग
Supreme court 1

कावासोती । सर्वोच्च अदालतले व्यक्तिहत्या मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्नुको कारण सरकारसँग मागेको छ।

रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरेपछि शेर्पाले सो निर्णय बदर हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्। मुद्दाको किनारा नलागेसम्म निवेदक र उनका परिवारको सुरक्षा व्यवस्था मिलाउन आदेश गर्दै मुद्दालाई पूर्ण इजलासमा पेस गर्नसमेत भनिएको छ।

सर्वोच्चले निवेदनलाई अग्राधिकार दिन तथा रिट निवेदक वा प्रत्यर्थी कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगित नगर्नसमेत आदेश गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology