कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले एक वर्षमा राहदानी वितरण बाट १० करोड बढी राजस्व संकलन गरेको छ ।
गत आ.व ७९/८० मा २४ हजार १ सय १४ जनाले राहदानी बनाउदा १० करोड ४९ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
त्यसै गरि संस्था दर्ता नविकरणबाट ११ लाख ४१ हजार ७ सय, दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६ सय ७, सरकारी सम्पती बिक्रीबाट ४ लाख र परिक्षा शुल्क बाट ७ हजार गरेर एक वर्षमा कुल ११ करोड ५७ लाख ११ हजार ४ सय ७७ राजस्व संकलन गरेको सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
यसै बीच गत आ.वमा १८ हजार ३ सय ६० जनाले नेपाली नागरिकता र १३ हजार ९ सय २८ जनाले नागरिकताको प्रतिलिपी लिएका पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
प्रकाशित : २०८० साउन १ गते १७:०३
Facebook Comment