राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गरौँ – नगर प्रमुख बस्याल

NAWALPUR TIMES

राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गरौँ – नगर प्रमुख बस्याल
received 272901054275141

परासी ,४ चैत । पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यक्रम आजदेखि बर्दघाटमा शुरु भएको छ ।
नेपाली पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको नगर प्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा नगर प्रमुख बस्यालले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
उहाँले पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सके सफलता प्राप्त हुनेमा जोड दिनुभयो । पहिलो हुने दौडमा लागेर पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने भन्दा गहिराइमा बुझेर पत्रकारिता गर्न उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख माया पौडेलले स्थानीय तहले गरेका राम्रो र बाटो बिराएको खण्डमा झक्झकाउने काम गर्न आग्रह गर्नुभयो ।
महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति टिकाराम गैरे,प्रेस चौतारीका जिल्ला अध्यक्ष मोहन पौडेल,महासंघका सल्लाहकार जान्हवि जोशी,दौतरी एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारी बर्दघाट वडा नम्बर २ का अध्यक्ष दया दर्लामि लगायतले शुभकामना व्यक्त गर्नुभएको महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताउनुभयो ।
उहाँका अनुसार बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले,जिल्ला न्यायाधीश लगायतले सहजिकरण गर्नुहुनेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology