राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर नवलपुरमा एक महिना सम्म विविध कार्यक्रम गरिदैँ

NAWALPUR TIMES

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर नवलपुरमा एक महिना सम्म विविध कार्यक्रम गरिदैँ
72b4d5d9 7252 433a bc95 85bb77512ba3

कावासोती । विज्ञान शिक्षक समाज नेपाल नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

विज्ञान शिक्षक समाज नेपाल नवलपुरले शनिबार कावासोती मा पत्रकार सम्मेलन गर्दै एक महिनासम्म गरिने कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

विज्ञान शिक्षक समाज नेपाल नवलपुरका अध्यक्ष मोहन भण्डारीले प्रतेक वर्ष असोज एक गतेका दिन मनाइने राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर भदौ महिनाभरि जिल्लाका आठवटै पालिकाहरूमा विज्ञानसँग सम्बन्धित कार्यक्रमहरू, आइटम लेखन, पाठ्यक्रम प्रबोधिकरण, विज्ञान शिक्षण विधि, विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री निर्माण कार्यशाला जस्ता कार्यक्रमहरू सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

त्यसै गरि राष्ट्रिय विज्ञान दिवसकाृ दिन असोज एक गते “नवलपुर विज्ञान आवाज” नामक स्मारिका पत्रको विमोचन गर्ने कार्यक्रम सहित एक महिने कार्यक्रमको समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अध्यक्ष भण्डारीका अनुसार भदौ महिनाभरि गरिने कार्यक्रमहरु सार्वजनिक विदाको दिन पारेर गरिने छ । जिल्लाका आठवटा पालिकाहरूमा रहेका शिक्षा शाखासंगको समन्वयमा शिक्षा शाखाले तोकेको स्थानमा कार्यक्रम गरिने बताइएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology