राष्ट्रिय वतृत्वकला प्रतियोगितामा मध्यविन्दु क्याम्पसकी यमकला प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १६ गते १०:४५
राष्ट्रिय वतृत्वकला प्रतियोगितामा मध्यविन्दु क्याम्पसकी यमकला प्रथम
1696308901872

कावासोती । राष्ट्रिय वतृत्वकला प्रतियोगिताको उपाधि मध्यविन्दु बहुमुखी क्याम्पस नवलपुरकी यमकला पौडेल जितेकी छिन् ।

हेटौंडा जेसिजले आयोजना सोमबार हेटौंडामा भएको प्रतियोगितामा अन्तिम चरणमा छनौट भएका नौ जनालाई पछाडि पार्दै उनले उपाधिमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् । उनले उपाधिसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगितामा पोखराकी सुष्मा आचार्य दोस्रो र मध्यविन्दु क्याम्पसकै पुजा पराजुली तेस्रो भइन् । उनीहरूले क्रमश: नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरूबीच अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमका विजेता तथा उपविजेतालाई नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरष्कृत गरेका थिए ।

हेटौंडा जेसिजले सन् २०२० बाट वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दीपकराज मिश्रले विजेताको छनौट गरेका थिए ।

प्रकाशित : २०८० असोज १६ गते १०:४५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI