राष्ट्रिय परिचयपत्रको लागि लगत संकलन गर्दै देवचुली नगरपालिका

NAWALPUR TIMES

राष्ट्रिय परिचयपत्रको लागि लगत संकलन गर्दै देवचुली नगरपालिका
FB IMG 16131326501155598

कावासोती । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गत माघ २७ देखि सुरु भएको राष्ट्रिय परिचय पत्रको लगत संकलन कार्यले तिब्रता पाएको छ ।

१७ वटा वडामा एकै साथ सुरु गरिएको लगत संकलन कार्य वडाको जनसंख्याको आधारमा ७ देखि १२ दिन भित्र सकिने अनुमान रहेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गोविन्द सिग्देलले बताए । सिग्देलका अनुसार एउटा वडामा ३ देखि ५ वटा केन्द्र तोकेर लगत संकलन सुरु गरिएको हो ।

परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति,पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नु पर्ने प्रसासकिय अधिकृत सिग्देलले बताए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology