राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

NAWALPUR TIMES

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
1627054660061

काठमाडौँ, ८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले उनीहरुबीचको भेटवार्ता नियमित भएको जनाएका छन् । उनले भने, “सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो ।”

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology