राष्ट्रपति भण्डारीबाट डिल्ली लंवा लिम्बूसहित ४३० जना कैदीलाई माफी मिनाहा

NAWALPUR TIMES

राष्ट्रपति भण्डारीबाट डिल्ली लंवा लिम्बूसहित ४३० जना कैदीलाई माफी मिनाहा
1621620261829

काठमाडौं । सरकारले डिल्ली लंवा लिम्बूसहित ४ सय ३० जना कैदीबन्दीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।

यही जेठ १५ गतेबाट लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीहरूको कैद मिनाहाको घोषणा गरेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार ४३० जना कैदीहरुको बाँकी कैद मिनाहा गरिएको उल्लेख गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology