२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयले सच्यायो देउवा नियुक्तिको पत्र
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
नवलपुर–१ मा रोचक प्रतिस्पर्धा, विरासत कि नयाँ शक्ति ?
-
नयाँ नेतृत्व र नीति सहित आएको कांग्रेस “आईफोन १७ प्रोम्याक्स जस्तै नयाँ भर्सन हो” : घर्ती
-
कांग्रेसमै फर्किए सुवेदी र श्रेष्ठ सहितका नेताहरु
-
कावासोती मा तीनवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
-
बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
-
नवलपुर–२ मा कांग्रेसको बलियो एकता, जित दोहोर्याउने आत्मविश्वास
-
नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील
Facebook Comment