काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गरेकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्ञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संसोधन) अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्रिपरिषद्को असोज ९ गते गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। संसद चालु नभएका कारण सरकारले अध्यादेशमार्फत अत्यावश्यक कानुन ल्याएको हो।
Facebook Comment