रामग्राम जेसीजमा राष्ट्रिय उपाध्यक्ष शर्माको स्वागत तथा शाखा भेटघाट

NAWALPUR TIMES

रामग्राम जेसीजमा राष्ट्रिय उपाध्यक्ष शर्माको स्वागत तथा शाखा भेटघाट
received 159538775921144 scaled

परासी, ५ चैत । रामग्राम जेसीज परासीको आयोजनामा शाखा भेटघाट कार्यक्रम आज जेसीज सचिवालय परासीमा सम्पन्न भएको छ । नेपाल जेसीज वर्ष २०२१ की निरुपित राष्ट्रिय उपाध्यक्ष पायल शर्मा शाखा भ्रमणको क्रममा आएको अवसरमा उहाँको स्वागतमा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले शाखाका गतिविधि तथा आगामी योजनाहरुबारे प्रकाश पार्दे नेपाल जेसीजका राष्ट्रिय कार्यक्रमको आतिथ्य गर्न रामग्राम जेसीज तयार रहेकोले आगामी दिनमा अवसरका लागि नेपाल जेसीजलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय उपाध्यक्ष शर्माले ऐतिहासिक नगरी रामग्राममा आउन पाउँदा खुशी लागेको बताउँदै युवाहरुको नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । शाखालाई आवश्यक सहयोग गर्न नेपाल जेसीज तयार रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी, पूर्व अध्यक्ष द्धय मुक्तिप्रसाद पौडेल, नारायण सुवेदी, कार्यकारीणी उपाध्यक्ष अनिल कुमार उपाध्याय, सदस्यता वृद्धि निर्देशक जीवनकला गौतम लगायतले आ–आफ्नो धारणा राख्नुभएको रामग्राम जेसीज वर्ष २०२१ का महासचिव मोहन पौडेलले जानकारी दिनुभयो । भेटघाट पछि राष्ट्रिय उपाध्यक्ष शर्मालाई भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको पनि अवलोकन भ्रमण गराईएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology