रामग्राममा बस्याल नेतृत्वको प्यानल विजयी

NAWALPUR TIMES

रामग्राममा बस्याल नेतृत्वको प्यानल विजयी
1632707312018

नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जारी नगर अधिवेशनमा रामग्राम नगरपालिकामा देबेन्द्रराज कण्डेल पक्षबाट उम्मेदवारी दिएका श्रीधर बस्यालको प्यानल निर्वाचित भएकाे छ । आईतबार सम्पन्न  निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी उमाशंकर श्रीवास्तवलाई ८२ मतको मतान्तरले पराजित गर्दै श्रीधर बस्याल विजयी भएका छन् बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तवले ११५ मत मात्रै प्राप्त गरेका थिए। निर्वाचनमा बस्यालको पुरै प्यानल नै विजयी भएकाे छ । सभापतिमा श्रीधर बस्याल , उपसभापतिमा नाथु यादव र प्रदिप कुमार खड्का ,सचिवमा चाैथि प्रसाद काेहार र बिकास घिमिरे , सहसचिवमा शुभास ज्ञवाली र सन्दिप अग्रहरी अत्यधिक मतान्तरले बिजयी हुनुभएको छन् । साथै नगर सदस्यहरुमा बस्याल प्यानल विजयी भएका हुन । पश्चिम नवलपरासीमा कांग्रेसकाे विक्रम खनाल र देवेन्द्र राज कंण्डेलको दुई गुटमा प्रतिस्पर्धा रहेको थियोे। साथै ४ स्थानीय तहमा बिक्रम खनाल पक्ष विजयी भएकाे छ भने ३ स्थानीय तहमा देवेन्द्रराज कंडेल पक्ष विजयी भएको कांग्रेसले जनाएकाे छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology