नवलपुर । जिल्लामा बिगत २५ बर्ष देखि क्रियाशिल पत्रकार होमराज रानाभाटको परिचय बदलिएको छ । रानाभाट नेपालि काङ्ग्रेस नवलपुरको जिल्ला अधिबेशनबाट लोकप्रिय मत सहित सचिब पदमा बिजयी भए सङ्गै अब उनको परिचय पत्रकारबाट नेपाली काङ्ग्रेसको नेतामा परिणत भएको हो ।
जिल्लामा पटक-पटक पत्रकार महासंघको नेतृत्व सम्हालेका रानाभाट गोरखापत्र दैनिकको गण्डकी प्रदेश संयोजकको जिम्मेवारीमा छन । नवलपुर टाईम्स सङ्गको कुराकानीमा ४४ वर्षीय रानाभाटले आगामी दिनमा पत्रकारिताबाट टाढा रहेर पाटी राजनीतिमा ध्यान दिने बताए । काङ्ग्रेसको सङ्गठन वृद्धि नै आफ्नो अर्जुन दृस्टी रहेको बताउने रानाभाट राजनीतिलाई बिकाश सङ्ग जोड्नुपर्ने धारणा राख्छन ।
नेपाल पत्रकार महासंघ,नेपाल प्रेस युनियनको जिल्ला समितिलाई नेतृत्व प्रदान गरेका रानाभाट सङ्ग नेपाल बिध्यार्थी संघ र नेपाल तरुणदलको पदाधिकारीमा रहि काम गरेको अनुभव छ । नवलपुरको पहाडी गा.बि.स. डाँडाझेरीमा जन्मिएका रानाभाट फागुन २१ गते सम्पन्न नेपाली काङ्ग्रेसको जिल्ला अधिबेशनमा सर्वाधिक ११४० मत सहित सचिब पदमा निर्वाचित भएका हुन ।
प्रकाशित : २०७८ फागुन २८ गते २०:३८
Facebook Comment