राजावादीले जुलुस निकाल्न थालेपछि सरकारद्वारा कारबाहीको चेतावनी (विज्ञप्तिसहित)

NAWALPUR TIMES

राजावादीले जुलुस निकाल्न थालेपछि सरकारद्वारा कारबाहीको चेतावनी (विज्ञप्तिसहित)
20201201 173112

काठमाडौं, १६ मंसिर । देशभर राजावादीले दिनहुँजसो प्रदर्शन गर्न थालेका छन् । हिजो काठमाडौंको माइतीघर मण्डलामा राजावादीले प्रदर्शन गरे । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनीसहित जुलुस तथा प्रदर्शन नगर्न भनेको छ ।आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गरी जुलुस प्रदर्शन जस्ता कार्य गरेमा कारबाही गरिने चेतावनी दिएको हो । । प्रशासकीय अधिकृत कमल प्रसाद पनेरुद्वारा जारी सुचनामा भनिएको छ , ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलु, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सुचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’यसको बेवास्ता गरेर उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । राजावादीले २० मंसिरमा शक्ति प्रदर्शन गर्ने चर्चा चलिरहँदा जिप्रका काठमाडौंले यस्तो सुचना निकालेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology