राजमो अनिर्णीत हुँदा गण्डकीमा अन्योल

NAWALPUR TIMES

राजमो अनिर्णीत हुँदा गण्डकीमा अन्योल
1619597204112

सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अनिर्णीत बन्दा गण्डकी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल यथावत् छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् ।

अहिले राजमोका तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ एमाले र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन कसरतमा छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राजमोले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा भने ठोस निर्णय लिएको छैन । यद्यपि उक्त पार्टीको गण्डकी संसदीय दलकी सचेतक पियारी थापाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउन सोमबार ह्वीप जारी गरेकी छन् तर उक्त पार्टीका संसदीय दलका नेता कृष्ण थापाका कारण राजमो ठोस निर्णयमा पुग्न सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology