राजतन्त्र र हिन्दुराज्यको माग गर्दै पश्चिम नवलपरासीमा पनि प्रदर्शन

NAWALPUR TIMES

राजतन्त्र र हिन्दुराज्यको माग गर्दै पश्चिम नवलपरासीमा पनि प्रदर्शन
Rajabadi aGhsufDER9

परासी । विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरूले बुधवार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन् । हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाइकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो ।  सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दूराष्ट्रको विकल्प नभएकोमा जोड दिएका थिए ।सभामा राप्रपाका जिल्ला नेता रामभवन यादव, शिव सेना नेपालका जिल्ला संयोजक उपेन्द्र गौतम, रमेश श्रेष्ठलगायतले वर्तमान राज्य व्यवस्थाबाट जनताहरू आजित भएको भन्दै राजसंस्था पुनःस्थापनाप्रति जनताको सहभागिता बढ्दै गएको दाबी गरेका थिए । प्रदर्शनमा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।जुलसका सहभागीहरूले पूर्वराजालाई कमजोर ठान्नेहरूका लागि यस्ता प्रदर्शन शक्ति प्रदर्शनका रूपमा विभिन्न जिल्लामा गर्दै आएको बताएका थिए

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology