राजकीय सम्मानका साथ आज पेलेको अन्तेष्टि गरिँदै

NAWALPUR TIMES

राजकीय सम्मानका साथ आज पेलेको अन्तेष्टि गरिँदै
GettyImages 1453784057

कावासोती । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेको राजकीय सम्मानका साथ आज अन्तेष्टि गरिँदैछ ।साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौं सर्मथकको भिड लागेको छ।

अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।

पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए। सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका पेले सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताएका थिए।

यसैबीच पेलेलाई श्रद्धाञ्जलि दिन पुगेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रलाई आग्रहसमेत गरेका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology