सरस्वती सुबेदि/हुप्सेकोट । देउराली गा.बि.स.का पुर्ब अध्यक्ष नेत्र बहादुर बयम्बुको निधन भएको छ । लामो समयदेखि मुटु र सुगर रोगले ग्रसित बयम्बुको आइतबार साझ चितवन मेडिकल कलेजमा ६७ बर्षको उमेरमा निधन भएको हो ।
रहेनन आधुनिक देउरालीका पिता नेत्रबहादुर बयम्बु 5
बुबा मोहन बहादुर बयम्बु र आमा छलिमाया बयम्बुको कोखबाट बि.स. २००९ सालमा पाल्पामा जन्मनु भएका बयम्बु बि.स.२०२० सालमा नवलपरासी जिल्लाको देउराली गा.बि.स.मा बसाइ सर्नुभएको थियो । बि.स.२०४३ सालदेखी बि.स.२०४६ सालसम्म देउराली गाउँ पन्चायतको प्रधानपन्च रहनुभएका स्व.बयम्बु देशमा बहुदलको स्थापना पछि नेपाली काङ्ग्रेसको तर्फबाट निर्बाचित भई २०५४ सालदेखी २०५८ साल सम्म देउराली गा.बि.स.को अध्यक्ष रहनुभएको थियो । देउराली गा.बि.स.को बस्ति बिकाश,सडक बिस्तार,विद्युतिय लाईन बिस्तार,बिध्यालय स्थापना,खानेपानी,सुकुम्बासी समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्नु भएका उहाँलाई आधुनिक देउराली गा.बि.स.को निर्माताको रुपमा लिने गरिन्छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पान्डेले स्व.बयम्बुलाई देउरालिको बिकाशको रोल मोडलको रुपमा सम्झिदै उहाँको निधनमा हुप्सेकोट गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा आज शोक बिदा दिईएको बताउनुभएको छ । उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै यस अघि हुप्सेकोट गाउँपालिकाले स्व.बयम्बुलाई सम्मान गरेको थियो । स्व.बयम्बु रोगले ग्रसित नहुदासम्म विभिन्न संघ संस्थाको अध्यक्षमा रहि सामाजिक रुपान्तरणका निमित्त सक्रिय रहदै आउनुभएको थियो ।
रहेनन आधुनिक देउरालीका पिता नेत्रबहादुर बयम्बु 6
देउराली गा.बि.स.को बिकाशमा मात्र नभएर नेपाली प्रजातान्त्रिक आन्दोलनमा पनि उस्तै महत्वपुर्ण भुमिका निर्बाह गर्नुभएका उहाँ पटक-पटक नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्बाचित हुनुभएको थियो ।
नेपाली काङ्ग्रेसका सभापती माननीय बिष्णु लामिछानेले बयम्बुको निधनले पाटिलाई अपुरणिय क्षति पुगेको भन्दै उहाँलाई पाटिले प्रजातान्त्रिक सेनानिको रुपमा सम्मान गर्ने बताउनुभएको छ । स्वस्थ्य रहदा सम्म जो कोहि सर्बसाधारणको समस्या लिगेर सरकारी निकायमा धाउने बयम्बुलाई सरकारी कार्यालयका कर्मचारी र सर्बसाधारणले प्रधान शब्दले सम्बोधन गर्ने गर्दथे ।
रहेनन आधुनिक देउरालीका पिता नेत्रबहादुर बयम्बु 7
स्व.बयम्बुको पार्थिब शरिरलाई नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता तथा पुर्ब केन्द्रिय सदस्य माननीय कृष्ण चन्द्र नेपालिले पाटीको झन्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो भने पाटी सभापती माननीय बिष्णु लामिछाने, माननीय ओमकला गौतम, नेता बिष्णु कुमार कार्की ,माननीय तिलक महत,पाटी सचिब बालकृष्ण घिमिरे,मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना लगायतका नेता कार्यक्रताहरु श्रदान्जली दिन उहाँको निवासमा पुग्नुभएको थियो ।
रहेनन आधुनिक देउरालीका पिता नेत्रबहादुर बयम्बु 8
स्व.बयम्बुको आज नै देबघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । स्व.बयम्बुको दुई श्रीमती, दुई छोरी र पाँच छोरा रहेको बताईएको छ ।
Facebook Comment